'फ्रिडम एट मिडनाइट' र 'सिटी अफ जोय'का लेखक लापियरेको निधन

'फ्रिडम एट मिडनाइट' र 'सिटी अफ जोय'का लेखक लापियरेको निधन

एजेन्सी: विश्वचर्चित फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ। ९१ वर्षको उमेरमा लापियरेको निधन भएको हो।

उनका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ पुस्तक सर्वाधिक रुचाइएको र भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन्। उनलाई भारत सरकारले सन् २००८ मा तेस्रो उच्च नागरिक सम्मान पद्म भूषणले पनि सम्मानित गरेको थियो।

“९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उनको निधन भएको छ”, उनकी श्रीमती डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग आइतबार भनिन्।

जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका ६ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो।

सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उनको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उनको सर्वाधिक पढिएको कृति हो। यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो।

मंसिर १९, २०७९ सोमबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।