रुसी कच्चा तेलको मूल्य घटाउने इयुको निर्णय

रुसी कच्चा तेलको मूल्य घटाउने इयुको निर्णय

एजेन्सी : युरोपियज युनियन (इयु)ले कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने निर्णय गरेको छ।

विश्वव्यापी रूपमा भएको मूल्यवृद्धि रोक्न इयूले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने निर्णय गरेको हो।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको इयुले जनाएको छ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणबाट पछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको इयु सदस्य राष्ट्रहरूले जनाएका छन्।

इयुको निर्णयलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेपछि मात्र लागू हुनेछ।

मंसिर १७, २०७९ शनिबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।