अक्षय कुमारका कारण वरुण धवनले अस्वीकार गरे ‘हेराफेरी ३’
एजेन्सी : २० वर्षअघि रिलिज भएको ‘हेराफेरी’को तेस्रो भाग अर्थात् ‘हेराफेरी ३’ छायांकन हुनुअघि देखि नै व्यापक चर्चामा छ।
फिरोज नाडियाडवालाले निर्माण गरेको ‘हेराफेरी ३’ मा अक्षय कुमारको स्थानमा कार्तिक आर्यनले भित्रिसकेका छन्। अब निर्माता फिल्मका लागि निर्देशकको खोजीमा छन्।
निर्माता नाडियावालाले ‘भुल भुलैया २’ का निर्देशक अनीस बज्मीलाई निर्देशनका लागि प्रस्ताव राखे पनि पुरानो पारिश्रमिक समस्याका कारण उनले मानेनन्।
यहीबीचमा ‘हेराफेरी ३’का लागि निर्माताले वरुण धवनलाई पहिलो पटक प्रस्ताव राखेको खबर सार्वजनिक भएको छ।
आनन्द पण्डितले फिल्मका लागि निर्माता फिरोज नाडियाडवालासँग हात मिलाएका छन्।
अक्षय कुमारले फिल्म गर्न अस्वीकार गरेपछि निर्माताले पहिले वरुण धवनलाई फिल्म अफर गरेका थिए।
स्रोतलाई उद्धृत गर्दै बलिउडहंगामाले लेखेको छ, ‘वरुणले कमेडी फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेकाले फिरोज र आनन्द दुवै उनले अक्षयले निभाएको राजुको भूमिकामा गरोस् भन्ने चाहन्थे।’
वरुण मात्र होइन, निर्माता द्वयले डेभिड धवनलाई रोहित धवनसँगै फिल्म निर्देशन गर्नसमेत प्रस्ताव गरेका थिए। तर, वरुणले निर्माताको प्रस्ताव अस्वीकार गरेका थिए।
बरुणले अक्षय कुमारलाई धेरै सम्मान गर्छन्। फिल्म गरेर अक्षय र फिरोजबीचको दरारको फाइदा उठाउन चाहँदैनन् उनी।
‘हेराफेरी ३’ फिल्म हिट हुनेमा कुनै शंका छैन। तर, वरुणले अक्षयको सम्मानमा फिल्म अस्वीकार गरेका थिए। वरुण मात्र होइन, उनका बुवा डेभिड धवन पनि यस्तै सोच्छन्।
मंसिर १५, २०७९ बिहीबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।