दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध
एजेन्सी : दिल्लीमा नगरपालिकाको चुनावलाई ध्यानमा राख्दै चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
दिल्ली नगर निगमको २५० वडाका लागि डिसेम्बर ४ मा चुनाव हुन लागेपछि अन्तःशुल्क विभागले तीन दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो। चुनावको नतिजा डिसेम्बर ७ मा आउनेछ।
समाचार एजेन्सी पीटीआईका अनुसार अन्तःशुल्क विभागले मतगणनाको दिन पनि ‘ड्राइ डे’ हुने जनाएको छ।
दिल्ली एक्साइज कमिश्नर कृष्ण मोहन उप्पुले बुधबार जारी सूचनामा डिसेम्बर २ देखि ४ र डिसेम्बर ७ ‘ड्राइ डे’ हुने बताएका छन्।
यी चार दिन सरकारले पसल, क्लब, बार आदिमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
यो क्रम डिसेम्बर २ मा साँझ ५ः३० बजेदेखि डिसेम्बर ४ साँझ ५ः३० बजेसम्म जारी रहनेछ। यससँगै ६ डिसेम्बर मध्यरात १२ देखि ७ डिसेम्बर मध्यरात १२ सम्म लागू हुनेछ।
मंसिर १५, २०७९ बिहीबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।