अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

एजेन्सी: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन्। ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको र घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका हुन्।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रह गरेको समाचारमा जनाइएको छ।

मंसिर १५, २०७९ बिहीबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।