मधेश प्रदेशसभा : ६४ मध्ये ५० सिटको मतपरिणाम सार्वजनिक, कसले कति सिट पाए ?

मधेश प्रदेशसभा : ६४ मध्ये ५० सिटको मतपरिणाम सार्वजनिक, कसले कति सिट पाए ?

काठमाडौं : प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणमा आउनेक्रम जारी छ। यसैबीच मधेश प्रदेशका ६४ मध्ये ५० स्थानको मतपरिणाम आएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा नेपाली कांग्रेस र एमाले प्रतिस्पर्धात्मक भएर अघि बढिरहेका छन्।

यहाँ कांग्रेसले १० ठाउँमा जित र १ ठाउँमा अग्रता बनाउँदा एमालेले ९ स्थानमा जित र ५ स्थानमा अग्रता बनाएको छ।

आफूलाई मधेशकेन्द्रीत दल भनेर चिनाउन चाहने जनता समाजवादी पार्टीले यहाँ ७ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ।

अर्को मधेशकेन्द्रीत पार्टी लोकतान्त्रिक ससाजवादी पार्टीले यहाँ ७ स्थानमा जित्दा २ स्थानमा अग्रता बनाएको छ।

सिके राउत नेतृत्त्वको जनमत पार्टीले जसपा र लोसपालाई पछ्याइरहेको छ। यहाँ उसले ५ स्थानमा जित्दा १ स्थानमा अग्रता बनाएको छ।

माओवादी र एकीकृत समाजवादी मधेशमा पनि खुम्चिएका छन्। उनीहरूले यहाँ समान चार–चार सिट ल्याउँदा स्वतन्त्र सांसदले ५ स्थानमा विजयी भएर एक ठाउँमा अग्रता बनाइरहेका छन्।

मंसिर ९, २०७९ शुक्रबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।