१३ देशकाे नाटक प्रदर्शन हुने 'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव' काठमाडाैंमा सुरू
काठमाडाैं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ आजबाट सुरू भएकाे छ।
'सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव' भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको थापागाउँस्थित मण्डला थिएटरमा सुरु भएकाे हाे।
भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु भएकाे हाे।
महाेत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरूकाे उपस्थिति छ।
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी भएका छन्।
महोत्सवले मंसिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ।
महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन्।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।
मंसिर ९, २०७९ शुक्रबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।