चीनको एक निजी घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते

चीनको एक निजी घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते

एजेन्सी: चीनको उत्तरपूर्वी सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ। यस्तै अरू नौ जना घाइते भएका छन्।

एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर उनीहरूको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो।

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो।

स्थानीय अधिकारीले दिएको जानकारीअनुसार राति १०ः३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। अगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

मंसिर ९, २०७९ शुक्रबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।