सर्लाही- ३: एमालेका हरि उप्रेती ७७० मतान्तरले विजयी

सर्लाही- ३: एमालेका हरि उप्रेती ७७० मतान्तरले विजयी

काठमाडौं: सर्लाहीको क्षेत्र नं ३ बाट एमाले उम्मेदवार हरिप्रसाद उप्रेती प्रतिनिधि सभा सदस्य चुनिएका छन्। उप्रेतीले माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।

उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार १६८ मत पाए।

गत आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार ५१९ मत ल्याए। उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेश सभा (ख) र प्रतिनिधि सभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

मंसिर ९, २०७९ शुक्रबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।