ब्याल्कपिंककी लिजा कोरोना संक्रमित
एजेन्सी। विश्वभर चर्चामा रहेको कोरियन केटीहरूको ब्याण्ड ब्ल्याकपिंककी एक सदस्य लिजालाई कोरोना भएको छ।
ब्ल्याकपिंक एजेन्सी वाइजी इन्टरटेटमेन्टले विज्ञप्ति निकालेर ब्याण्डकी सदस्य लिजालाई कोरोना भएको बताएको हो।
लिजाको रिपोर्ट पोजेटिभ आएसँगै ब्याण्डका अन्य सदस्यहरू जिसु, जेन्नी र रोजीको पनि स्वाब परीक्षणका लागि पठाइएको वाइजी इन्टरटेटमेन्टले विज्ञप्तिमार्फत जनाएकाे छ।
वाइजी इन्टरटेटमेन्टले भनेको छ, 'हामीले यो सूचना जतिसक्दो छिट्टो प्रस्तुतकर्ता र कर्मचारीहरूलाई दिइसकेका छौं। हामी काम भने रोक्दैनौं, स्वास्थ्य सहयोगसँगै काम जारी रहन्छ। उनको स्वास्थ्य अवस्थाबारे पछि पनि जानकारी दिने वाइजी इन्टरटेटमेन्टले बताएको छ।'
लिजाले सोलो डेब्यु एल्बम तीन महिनाअघि सेप्टेम्बरमा ल्याएकी थिइन्। उक्त एल्बम ७ लाख, ३६ हजार कपी रिलिज हुने बित्तिकै बिक्री भएको थियो।
त्यहि दिन युट्युबमा सार्वजनिक म्युजिक भिडियोलाई २४ घण्टा नपुग्दै ७३ दशमलव ६ मिलियनले हेरेका थिए।
मंसिर ८, २०७९ बिहीबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।