मतान्तर घटाउँदै विष्णु पौडेल, घण्टीका उम्मेदवार ६५ मतले अगाडि
बुटवल : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन्। करिब पाँच सयले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन्।
पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १ सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन्। अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ। रुपन्देही–२ मा ८१ हजार २ सय २ मत खसेको थियो।
यसैगरी रुपन्देहीको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ एमाले वासुदेव घिमिरेको १० हजार २ सय ५५, गठबन्धनका भरत कुमार शाह ८ हजार २ सय २२ मत ल्याएका छन्।
रुपन्देहीको क्षेत्र नम्बर ५ मा २२ हजार ४ सय मत गणना हुँदा प्रदेशसभा (क) तर्फ एमाले ७ हजार ४ सय ५३, गठबन्धनका उम्मेदवारले ४ हजार ५ सय ५८ मत ल्याएका छन्।
रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा दीपक बोहराको ६ हजार ३ सय ७३ र गठबन्धनका बालकृष्ण खाँणको ५ हजार १ सय २४ मत ल्याएका छन्।
मंसिर ६, २०७९ मंगलबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।