मुस्ताङमा कांग्रेसको 'क्लिन स्वीप', प्रदेशसभा ‘ख’मा विकल शेरचन विजयी

मुस्ताङमा कांग्रेसको 'क्लिन स्वीप', प्रदेशसभा ‘ख’मा विकल शेरचन विजयी

पोखरा : मुस्ताङ जिल्लाकाे प्रतिनिधिसभा र प्रदेश सभाका तीनै सिट जित्दै नेपाली कांग्रेसले 'क्लिन स्वीप' गरेकाे छ।

सोमबार साँझ प्रदेशसभातर्फ मुस्ताङ ‘ख’मा कांग्रेसका विकल शेरचन २ हजार ७ सय २३ मत ल्याएर विजयी भएसँगै मुस्ताङ जिल्ला कांग्रेस हाबी भएको हो। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे।

पराजित गौचनले २ हजार ५ सय ६५ मत ल्याएका थिए। उनीहरूबीचको मतान्तर १५८ रहेको थियो।

गौचन एमाले मुस्ताङका जिल्ला अध्यक्षसमेत हुन्। उनी २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रदेश सांसद भएका थिए।

शेरचनको जितसँगै मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभाका सवै सिटमा कांग्रेसले जित हासिल गरेको छ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुँदा प्रदेशसभातर्फ मुस्ताङ ‘क’मा कांग्रेसकै नुम्डु गुरुङ विजयी भएका थिए।

मंसिर ५, २०७९ सोमबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।