कांग्रेसले प्रदेशसभामा पनि खाता खोल्यो, मुस्ताङ ‘क’ बाट गुरुङ निर्वाचित
पोखरा : प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभातर्फ पनि मुस्ताङबाटै खाता खोलेको छ।
मुस्ताङ प्रदेशसभा ‘क’ मा कांग्रेसका नम्डु गुरुङले १ हजार ४८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत ल्याए। उनीहरूबीचको मतान्तर जम्मा २५५ रहेको छ।
पराजित विष्ट गण्डकी प्रदेशका निवर्तमान सांसद हुन्। मुस्ताङ ‘क’ मा ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो।
यसअघि कांग्रेसले मुस्ताङका २९ वर्षीय योगेश गौचन थकाली प्रतिनिधिसभामा विजयी भएका छन् । मुस्ताङ ‘ख’ को मतगणना जारी छ।
मंसिर ५, २०७९ सोमबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।