भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिँदै पंकज त्रिपाठी

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिँदै पंकज त्रिपाठी

एजेन्सी : पंकज त्रिपाठी बलिउडमा चर्चित नाम हो। फिल्ममा आफ्नो दमदार अभिनयका लागि परिचित पंकज त्रिपाठीले अहिलेसम्म कैयौं फिल्ममा विभिन्न भूमिकामा देखिइसकेका छन्।

यसै क्रममा उनी अब पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिने भएका छन्। वाजपेयीको बायोपिक  ‘मै राहुँ या न राहों ये देश रहना चाहिये अटल’मा उनी बाजपेयीकै भूमिका निर्वाह गर्ने निर्माण पक्षले शुक्रबार घोषणा गरेको छ।

उत्कर्ष नैथानीले लेखेका हुन् भने तीन पटक राष्ट्रिय पुरस्कार विजेता रवि जाधवले निर्देशन गर्नेछन्। फिल्म भारतीय जनता पार्टी (भाजपा)का सह–संस्थापक स्वर्गीय अटल बिहारी वाजपेयीको यात्राको वरिपरि घुम्नेछ।

फिल्ममा आफ्नो भूमिकाका बारेमा पंकज त्रिपाठीले वाजपेयीजस्तो बहुप्रतिभाशाली व्यक्तित्वको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई सम्मानित भएको बताएका छन्।

४६ वर्षीय त्रिपाठीले एक विज्ञप्तिमा भनेका छन्, ‘यस्तो महान राजनीतिज्ञलाई पर्दामा चित्रित गर्न पाउनु सम्मानको कुरा हो। उहाँ राजनीतिज्ञ मात्र नभई उत्कृष्ट लेखक र प्रसिद्ध कवि हुनुहुन्थ्यो। म जस्तो कलाकारले आफ्नो भूमिका निर्वाह गर्न पाउनु सौभाग्यको कुरा हो।’

निर्देशक रवि जाधवले फिल्मबारे भनेका छन्, ‘त्रिपाठीजस्तो प्रतिभाशाली कलाकारको साथमा दिवंगत नेतामा चलचित्र निर्देशन गर्ने यो सुनौलो अवसर हो।’

उनी भन्छन्, ‘मेरो लागि निर्देशकको हैसियतले अटलजीभन्दा राम्रो कथाको माग गर्न सकिन्थ्यो। सबैभन्दा ठूलो कुरा पंकज त्रिपाठी जस्तो प्रतिभाशाली अभिनेताले अटल जीको कथालाई पर्दामा ल्याइरहेका छन्। मलाई आशा छ कि म अटलसँग दर्शकको अपेक्षा पूरा गर्नेछु।’

मंसिर ३, २०७९ शनिबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।