पहिलो पटक कान्छी छोरीसँग सार्वजनिक रूपमा देखिए उन

पहिलो पटक कान्छी छोरीसँग  सार्वजनिक रूपमा देखिए उन

एजेन्सी : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्।

देशको सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको अवसरमा किम जोङ आफ्नी छोरीसँग देखा परेका हुन्। किम जोङ उनकी छोरीको नाम किम चु–ए रहेको बीबीसीले जनाएको छ।

क्षेप्यास्त्र प्रक्षेपणको समयमा, उत्तर कोरियाका नेता र उनकी छोरी हात समातेर घुमिरहेका थिए। अमेरिकाले यो प्रक्षेपणको निन्दा गरेको छ।

किम जोङ उन विश्वको सबैभन्दा खुफिया देशहरूमध्ये एक उत्तर कोरियाका सर्वाेच्च नेता हुन्। उनको व्यक्तिगत जीवनको बारेमा धेरै कम जानकारी सार्वजनिक छ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले दुईजनाको कुराकानी, अधिकारीहरूसँग भेटघाट र मिसाइलको निरीक्षण गरेको केही तस्विर सार्वजनिक गरेको छ।

उत्तर कोरियाको नेतृत्व गर्ने किम जोङ उनको परिवारको तेस्रो पुस्ता हुन्। 

वासिङ्टनको स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले तस्विरहरूमार्फत किम जोङ उनले आफ्नो परिवारको चौथो पुस्ताबाट देशको अर्को उत्तराधिकारी हुने भाष्य स्थापित गर्न खोजिरहेको बताएका छन्।

मंसिर ३, २०७९ शनिबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।