भारतको उत्तराखण्डमा बस दुर्घटना, १२ जनाको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

जोशीमठमा ब्लकको उर्माम देखि पल्ला मोटरवेसम्म चल्ने बस सन्तुलन गुमाएर सडकबात तल भीरमा खस्दा १० पुरुष र दुई महिलाको मृत्यु भएको भारतीय समाचार संस्था आजतकले जनाएको छ।

अझै पनि उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको त्यहाँ प्रमुख जिल्ला अधिकारीले जनाएको समाचारमा उल्लेख छ।

मुख्यमन्त्री पुस्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो उद्धार गर्न निर्देशन दिएका छन्।

केही दिनअघि भारतको जम्मु क्षेत्रमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो।

मंसिर २, २०७९ शुक्रबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।