डान्सिङ स्टारका जोडी जेडी र छिरिङको नयाँ रेकर्ड

डान्सिङ स्टारका जोडी जेडी र छिरिङको नयाँ रेकर्ड

काठमाडौं : डान्सिङ स्टार नेपालका विजेता छिरिङ शेर्पा र कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमुले सगरमाथाको कालापत्थरमा नृत्य गरेर नयाँ रेकर्ड राखेका छन्।

यो जोडिले ​सगरमाथाको काखमा रहेको कालापत्थरको पाँच हजार ६ सय मिटर उचाइमा नृत्य गरेका हुन्।

उनीहरूले विश्वको सबैभन्दा उच्च स्थानमा नृत्य गरेको विश्व कीर्तिमानको रेकर्डका लागि  कायम गर्न कालापत्थर गएका थिए।

यो जोडीले विभिन्न नेपाली लोक नृत्य संयोजन गरी तीन मिनेट लामो नृत्य गरेका थिए। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने  उद्देश्यले उच्चस्थानमा नृत्य गरेको जेडीले बताए।

कालापत्थरमा नाचेको नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी थिइन् भने प्रेम पौडेलले छायाङ्कन गरेका थिए।

जेडी लामो समयदेखि कोरियोग्राफिमा संलग्न छन्। उनी रियालिटी शो डान्सिङ स्टार नेपालमा सहभागी भएर तेस्रो भएका थिए। छिरिङ सोही प्रतियोगिताकी विजेता हुन्।

मंसिर २, २०७९ शुक्रबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।