स्टार उम्मेदवार पाउँदा पनि चितवन किन यति धेरै कन्फ्युजन छ ?
लेखक तथा विश्लेषक सरिता तिवारी र डिआर पोखरेल ठुला दलका ठुला नेता चितवन आएसँगै यहाँको निर्वाचनको चहलपहल राष्ट्रिय चासोको विषय बनेको बताएका छन्।
उकेराको चुनावी चर्चा कार्यक्रममा बोल्दै दुवैले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालको प्रवेश र प्रचण्ड आफैँ क्षेत्र नम्बर ३ मा आएपछि बल्ल चितवनको निर्वाचन पनि राष्ट्रिय चासो बनेको हो।
अहिले चितवनको तीनै क्षेत्रमा अधिकांश नयाँ उम्मेदवार छन्। १ मा विश्व पौडेल, २ मा उमेश श्रेष्ठ, ३ मा डा भोजराज अधिकारी नयाँ उम्मेदवार हुन्। प्रतिस्पर्धा कडा देखिन्छ। के आउला नतिजा!
मंसिर १, २०७९ बिहीबार २३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।