बालखैदेखि लालसलाम र जय नेपाल ! (तस्बिरहरू)

बालखैदेखि लालसलाम र जय नेपाल ! (तस्बिरहरू)

काठमाडौं : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना लागि भोट पनि मागिसकेका छन्।

आजै राति १२ बजेबाट स्थिर समय सुरु हुँदैछ। स्थिर समय सुरु भएसँगै दल र उम्मेदवारले प्रचारप्रसार र मत माग्न पाउँदैनन्। बिहीबारसम्म भने देशका विभिन्न ठाउँमा सभासम्मेलन गरेर उम्मेदवार र दलले मत मागे।

मत माग्ने क्रममा आचारसंहिताले बालबालिकाको प्रयोग गर्न रोक लगाएको छ। तर, निर्वाचन हो, यसले देशका हरेक क्षेत्रलाई छोएकै हुन्छ। बालबालिका यसबाट अछुतो रहने कुरै भएन।

बिहीबार दिउँसो बागमती नदीको किनारमा पुग्दा पनि यस्तै दृश्य देखियो। त्यहाँ कांग्रेस र कम्युनिष्ट पार्टीका झण्डा बालबालिकाले बोकेर हिँडिरहेका थिए। उनीहरू राजनीतिक दलको झण्डासँग खेलिरहेका देखिन्थे।

मंसिर १, २०७९ बिहीबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।