राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्दा जे देखियाे (भिडियो)

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्दा जे देखियाे (भिडियो)

काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्र गान बजेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

'भारत जोडो' यात्रामा निस्किएका गान्धी महाराष्ट राज्यकाे वासिममा बुधबार भएकाे कार्यक्रममा सरिक भए। गान्धीले सुरूमा प्राविधिक टोलीलाई राष्ट्र गान बजाउन निर्देशन दिन्छन्।

लगत्तै नेपालको राष्ट्रिय गान बज्न थाल्छ। त्यसलाई रोकेर उनले पुनः भारतीय राष्ट्रिय गान बजाउन निर्देशन दिए। त्यसपछि पनि केहीबेर नेपालको राष्ट्रिय गान गुञ्जिन्छ।

यसपछि मात्र भारतको राष्ट्र गान ‘जन-गण-मन अधिनायक जय हे, भारत भाग्य विधाता’ बज्छ। याे दृश्य कैद भएकाे भिडिओ अहिले भारतसहित नेपालमा भाइरल बनिरहेकाे छ।

सामान्य प्राविधिक त्रुटिले गर्दा अहिले राहुल गान्धी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएका छन्। केहीले त गान्धीले भारतलाई पनि नेपालमा गाभे भन्दै मजाक उडाएका छन्।

 

मंसिर १, २०७९ बिहीबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।