तेलुगु फिल्म उद्योगमा जुनियर एनटीआरको २२ वर्ष: बालकलाकार हुँदै सर्वाधिक पारिश्रमिक लिने अभिनेता
एजेन्सी: दक्षिण भारतीय (तेलुगु) चलचित्र उद्योगको सर्वाधिक चर्चित कलाकार हुन्- जुनियर एनटीआर। तारक समेत भनिने एनटीआरले हालै तेलुगु उद्योगमा २२ वर्ष पूरा गरेका छन्।
तारकलाई कुशल अभिनय र डान्सले गर्दा दर्शकसामु भिज्न समय लागेन। उनी अहिले उद्योगकै सफल कलाकार हुन्। उनको पछिल्लो फिल्म 'आरआरआर' त सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा तेस्रो स्थानमा छ।
तारक तेलुगु सिनेमाकै सर्वाधिक पारिश्रमिक लिने अभिनेता पनि हुन्। आरआरआरकै लागि उनले ४५ करोड भारु लिएका थिए। निर्देशक, भूमिका र चलचित्रको कथा हेरेर उनले पारिश्रमिक थपघट गर्ने गरेका छन्।
२२ वर्षको अवधिमा तारकले दुई वटा फिल्मफेयर अवार्ड हात पारेका छन् भने दुई वटा नन्दी अवार्ड र चार वटा सिनेमा अवार्ड हात पारेका छन्।
उनले आफ्नो करियरको सुरुआत बालकलाकारको रूपमा गरेका थिए। सन् १९९७ मा रामायणम नामक चलचित्रमा बालक रामको भूमिका गरेर उनले करियर सुरु गरेका थिए।
मंसिर १, २०७९ बिहीबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।