बढ्याे बङ्गलादेशको प्रतिव्यक्ति आय

बढ्याे बङ्गलादेशको प्रतिव्यक्ति आय

एजेन्सी : बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ।

आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्बजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०२०/०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१/०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ।

बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१/०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ।

बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाव, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ।

कात्तिक ३०, २०७९ बुधबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।