लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूसहितको एम्बुलेन्सको शुभारम्भ
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसीयूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसीयुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि पुर्याउनका लागि मात्र नभएर उपचारसमेत प्राप्त हुने बताए।
ए ग्रेडको आईसीयुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए।
कात्तिक ३०, २०७९ बुधबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।