G20 बैठककाे बीचमा युक्रेनमाथि रसियाकाे आक्रमण

G20 बैठककाे बीचमा युक्रेनमाथि रसियाकाे आक्रमण

एजेन्सी : रुसले युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ।

शहरबाट विस्फोटको आवाज सुनिएको छ र धुवाँ निस्किएको देख्न सकिन्छ।

प्रारम्भिक रिपोर्टका अनुसार अनुसार, पीचर्स्क क्षेत्रमा दुईवटा भवनहरू क्षतिग्रस्त भएका छन्।

विश्व नेताहरू अहिले इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन्, जहाँ उनीहरूले युक्रेनमा भएको आक्रमणको निन्दा गरेका छन्।

एक साताभन्दा बढि समयमा यस्तो आक्रमण भएको यो पहिलो हो। यसै क्रममा रुसी सैनिकहरू खेरसनबाट फर्किरहेका थिए।

कात्तिक २९, २०७९ मंगलबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।