भारतबाट आउनेबित्तिकै सत्ता गठबन्धनको पक्षमा खुले प्रदीप, मागे विनोद चौधरीलाई भोट
काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अभिनेता प्रदीप खड्का सत्ता गठबन्धनको पक्षमा खुलेका छन्।
मंगलबार बर्दघाटमा भएको सत्तारुढ गठबन्धनको चुनावी सभामा उनले नवलपरासी–१ बाट उम्मेदवार बनेका कांग्रेस नेता तथा उद्यमी विनोद चौधरीको पक्षलाई भोट मागेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा मञ्चमै आसनग्रहण गरेका उनले आमसभालाई सम्बोधन गर्दैै चौधरीलाई जिताउन अपील गरे।
भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन्। भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका थिए।
कात्तिक २९, २०७९ मंगलबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।