फातिमा सना शेखलाई छारे राेग, ‘जुत्ता सुघाउँदा ठिक हुन्छ’ भन्ने फ्यानलाई दिइन् यस्ताे जवाफ

फातिमा सना शेखलाई छारे राेग, ‘जुत्ता सुघाउँदा ठिक हुन्छ’ भन्ने फ्यानलाई दिइन् यस्ताे जवाफ

एजेन्सी : भारतीय अभिनेत्री फातिमा सना शेख छारे रोग लागेकाे छ।

हालै सामाजिक सञ्जाल मार्फत आफू छारे रोगबाट पीडित भएको जानकारी गराएकी उनले व्यायाम र औषधिको सहयोगले निको पार्ने प्रयास गरिरहेको बताएकी छन्।

तर, यो रोगका कारण आफ्नो काममा कहिल्यै बाधा नआएको फातिमाको दाबी छ। रोगको बारेमा आफूलाई पहिलो पटक दंगलको सेटमा थाहा भएको उनले बताइन्।

फातिमाले आफ्ना प्रशंसकहरूसँग कुराकानीको क्रममा जीवनसँग सम्बन्धित धेरै कुराहरूबारे खुलासा गरेकी छन्। उनले छारे रोगसँगको संघर्षको कथा सुनाइन् र यो रोगले आफुलाई अझ काम गर्ने प्रेरणा दिएको बताइन्।

फातिमालाई एक प्रशंसकले छारे रोगका बिरामीलाई जुत्ता सुँघ्दा निको हुन्छ भन्ने कुरा सत्य हो ? भनेर सोधेका थिए। जवाफमा उनले लेखेकी छन्, ‘यस्तो नगर्नुहोस्, यो भ्रममात्र हो। यसले रोगलाई निको बनाउँदैन्।’

फातिमा अन्तिम पटक अनिल कपूर र हर्षवर्धन कपूर अभिनित फिल्म ‘थार’ मा देखिएकी थिइन्। उनी अहिले चलचित्र ‘धक–धक’ मा काम गरिरहेकी छिन्।

कात्तिक २९, २०७९ मंगलबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।