अमेरिकामा विद्यार्थीले भरिएकाे बसमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

अमेरिकामा विद्यार्थीले भरिएकाे बसमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

एजेन्सी : अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार राति करिब १०.३० बजे विश्वविद्यालयको चार्लोट्सभिल क्याम्पसको क्यालब्रेथ रोडमा घटना भएको बीबीसीले जनाएको छ।

फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

मृत्यु हुनेमा भर्जिनिया विश्वविद्यालयका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र दक्षिणको रिच हिलका तेस्रो वर्षका विद्यार्थी लाभाले डेभिस रहेको प्रहरीले जनाएको छ।

घटनापछि विश्वविद्यालयका अध्यक्ष जिम रायनले आफू स्तब्ध बनेको बताएका छन्। उनले घटनाका क्रममा उनले विश्वविद्यालयको भ्रमण गरेका थिए।

आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले एक विद्यार्थीलाई पक्राउ गरेर मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेकाे छ।

कात्तिक २९, २०७९ मंगलबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।