अभिनेता महेश बाबुलाई पितृशोक, दुई महिनाअघि आमा र यही वर्ष दाइलाई पनि गुमाए
एजेन्सी: दक्षिण भारतीय सिनेमाका सुपरस्टार महेश बाबुलाई पितृशोक परेको छ। आज बिहान ४ बजे कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको पिता कृष्णा घट्टामनेनीको निधन भएको हो।
केही समययता उनलाई श्वासप्रश्वासमा असहज हुन थालेको थियो। हिजो उनलाई हैदरावादको एक अस्पतालमा भर्ना समेत गरिएको थियो। भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
यता महेश बाबुलाई भने पछिल्लो दुई महिनामा ठूलो आपत् आइपरेको छ। दुई महिनाअघि मात्र उनको आमाको निधन भएको थियो। आफ्ना अभिभावकको निकै नजिक रहेका महेश बाबु दुवै जनाको निधनपछि स्तब्ध छन्। यही वर्ष महेशका दाजु रमेश बाबुको पनि निधन भएको थियो।
पिता कृष्णा आफैँमा तेलुगु चलचित्र उद्योगको चर्चित कलाकार भएकाले अहिले तेलुगु फिल्म उद्योग पनि स्तब्ध छ। कृष्णा आफ्नी श्रीमतीको निधनपछि डिप्रेशनमा थिए।
उनले ३५० चलचित्रमा काम गरेका थिए। उनी कलाकार, निर्माता, निर्देशक साथै राजनीतिकर्मी पनि थिए। उनलाई सन् २००९ मा पद्म भूषणबाट पनि सम्मान गरिएको थियो।
कात्तिक २९, २०७९ मंगलबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।