दक्षिण भारतीय अभिनेता नागा शौर्य शुटिङ स्पटमै ढले, अभिनयकै लागि तीन दिनदेखि 'डाइट'मा थिए

दक्षिण भारतीय अभिनेता नागा शौर्य शुटिङ स्पटमै ढले, अभिनयकै लागि तीन दिनदेखि 'डाइट'मा थिए

एजेन्सी: दक्षिण भारतीय चलचित्रमा देखिरहेको अनुहार हो- तेलुगु अभिनेता नागा शौर्य। उनको नामसँग दर्शक परिचित नभए पनि उनको चलचित्रहरू नेपाली दर्शकले पनि मन पराएका छन्।

तर उनीबारे नराम्रो खबर सार्वजनिक भएको छ। उनलाई आज अस्पताल भर्ना गरिएको छ। उनी शुटिङ स्पटमै बेहोस भएर ढलेका थिए।

उनी बेहोस हुनुमा रक्तचाप कम हुनु कारण मानिएको छ। तीन दिनदेखि उनी अभिनयकै लागि भनेर 'डाइट'मा थिए।

उनलाई हाल एआईजी अस्पताल हैदरावादमा भर्ना गरिएको छ। उनको मेडिकल रिपोर्टका अनुसार उनी 'डिहाइड्रेटेड' भएका थिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई भोलि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ।

उनै नागा शौर्य यही आउँदो आइतबार आफ्नी बाल्यकालकी साथी अनुसा शेट्टीसँग विवाह गर्दैछन्।

यस्तै आजै बिहान मात्र दक्षिण भारतीय सुपरस्टार कृष्णालाई पनि श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको पनि स्वास्थ्य अवस्था सामान्य छ।

कात्तिक २८, २०७९ सोमबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।