सोमालियामा जनवरीदेखि अहिलेसम्म आतङ्ककारी हमलामा परी ६१३ सर्वसाधारण मारिए

सोमालियामा जनवरीदेखि अहिलेसम्म आतङ्ककारी हमलामा परी ६१३ सर्वसाधारण मारिए

एजेन्सी: सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा ६१३ सर्वसाधारणको मृत्यु भएको छ। सोही अवधिमा ९४८ जना घाइते भएका छन्।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल-शबाब समूहले गरेको आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको बताएका छन्। बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको उल्लेख गरेका छन्। 

संयुक्त राष्ट्रसङ्घका अनुसार अधिकांश मृत्युका घटना विस्फोटक उपकरणका कारण भएका छन् तीमध्ये कम्तीमा ९४ प्रतिशत यस्ता घटनामा अल-शबाबलाई जिम्मेवार ठहराइएको छ।

यसैगरी अन्य हताहतीहरू अल-शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ।

टर्कले द्वन्द्वका सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्।

कात्तिक २८, २०७९ सोमबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।