टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते; आतङ्कवादी हमला भएको आशङ्का

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते; आतङ्कवादी हमला भएको आशङ्का
तस्बिर: बीबीसी

एजेन्सी: टर्कीको राजधानी शहर इस्तानबुलमा हिजो बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको छ। यस्तै विस्फोटमा परी ८१ जना घाइते भएका छन्।

इस्तानबुलको व्यस्त शपिङ क्षेत्र (टाक्सिन स्क्वायर)मा स्थानीय समयअनुसार अपराह्न ४:२० (१:२० जीएमटी) मा विस्फोट भएको थियो।

त्यहाँका उपराष्ट्रपति फुआट ओक्टेका अनुसार विस्फोट एक महिलाले गराएको आतङ्कवादी हमला हो। यस्तै राष्ट्रपति रिसेप इर्डोगनले विस्फोट गराउनेलाई कारबाही गर्ने बताए। उनले विस्फोटमा 'आतङ्की गन्ध' आएको बताए।

यस्तै त्यहाँका न्यायमन्त्री बेकिर बोज्डागका अनुसार एक महिला विस्फोट भएको क्षेत्रमा करिब ४० मिनेटदेखि बेञ्चमा बसिरहेकी थिइन्।र घटना हुनु केही मिनेटअघि उनी त्यहाँबाट निस्केकी थिइन्।

हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। यस्तै सो घटनामा परी त्यहाँका मन्त्रालयका एक कर्मचारी र उनको किशोरी छोरीको पनि मृत्यु भएको छ।

कात्तिक २८, २०७९ सोमबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।