इस्तानबुलको व्यस्त सडकमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु

इस्तानबुलको व्यस्त सडकमा शक्तिशाली  विस्फोट हुँदा ६ जनाको मृत्यु

इस्तानबुल: टर्कीको इस्तानबुल सहरको मध्यभागको एउटा व्यस्त सडकमा भएको एक शक्तिशाली विस्फोटमा कम्तिमा ६ जनाको ज्यान गएको छ भने अन्य थुप्रै व्यक्ति घाइते भएका छन्। 

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण भने थाहा हुन नसकेको जनाएको छ।

इस्तानबुलका गवर्नर अलि येरलिकायाले स्थानीय समयअनुसार आइतबार अपराह्न करिब ४ बजेर २० मिनेट जाँदा बियोग्लु जिल्लाको उक्त एभेन्यूमा विस्फोट भएको बताएका छन्। 

यस सडकमा सन् २०१६ मा आत्मघाती बम आक्रमण पनि भएको थियो। 

कात्तिक २७, २०७९ आइतबार २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।