एमाले र कांग्रेसका दुई नेतालाई भविष्यको अभिभावक भन्दै भरतमणि पौडेलले मागे भोट
काठमाडौं : कमेडियन भरतमणि पौडेलले कांग्रेस नेता गगन थापा र एमाले नेता योगेश भट्टराईलाई भोट मागेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले युवाको भविष्य दुई नेताको अनुहारमा देखेके भन्दै भोट मागेका हुन्। उनले दुवैलाई भविष्यको अभिभावक भन्दै जितका लागि शुभकामनासमेत दिएका छन्।
आशाको दियो निभ्न दिन नहुने भन्दै पौडेलले विश्वास र चुनौतीको माझ इमान्दारिता र निष्ठाका साथ जिम्मेवारी लिएर दुई नेताले नेतृत्त्व गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।
कात्तिक २७, २०७९ आइतबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।