‘हेराफेरी ३’ हातबाट फुत्किएपछि अक्षय कुमार घटाउने भए पारिश्रमिक, भने– ‘४० प्रतिशत कम गर्छु’
एजेन्सी : बलिउडका चर्चित अभिनेता अक्षय कुमार यतिबेला निकै चर्चामा छन्।
हालै आफू फिल्म ‘हेराफेरी ३’मा नभएको जानकारी दिँदै उनले पारिश्रमिक घटाउने बताएका हुन्।
उनले भनेका छन्, ‘म पूर्णतया नयाँ ढंगले सुरु गर्न चाहन्छु र मैले यो सुरु गरिसकेको छु। हामीले जनतालाई के चाहिन्छ भनेर बुझ्नुपर्छ। मैले मेरो शुल्क ३० देखि ४० प्रतिशत घटाउनुपर्छ।’
बलिउडहंगामाका अनुसार अक्षयले धेरै पारिश्रमिक मागेका कारणले ‘हेराफेरी ३’ फिल्म गुमेको हो। ९० करोड रूपैयाँ पारिश्रमिक र फाइदामा छुट्टै शेयर मागेपछि निर्माण टीमले उनीसँग काम नगर्ने निर्णय गरेकाे थियाे।
स्मरण रहोस्, पछिल्लो समय प्रदर्शमा आएका अक्षय कुमारका फिल्महरू ‘राम सेतु’ र ‘रक्षाबन्धन’ले बक्स अफिसमा खासै कमाई गर्न सकेनन्। त्यसैकारण पनि निर्माताहरू उनीमाथि अत्यधिक पैसा खन्याउन चाहिरहेका छैनन्।
‘हेरा फेरी ३’ अक्षर कुमारले ९० करोड मागेपछि निर्माताले त्यसको एक तिहाइ अर्थात ३० करोड रूपैयाँमा कार्तिक आर्यनलाई राजुको भूमिकामा फिल्ममा भित्र्याएका छन्। कार्तिक आर्यन हालै ‘भुल भुलैया २’ नामक फिल्ममा देखिएका थिए, जसले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।
कात्तिक २७, २०७९ आइतबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।