६४ लागेका हरिवंशको अहिले पनि लोभलाग्दो क्रेज

६४ लागेका हरिवंशको अहिले पनि लोभलाग्दो क्रेज

काठमाडौं: कलाकार हरिवंश आचार्य आइतबार ६४ वर्ष पुगेका छन्। जीवनको ६४ वसन्त पार गरिसक्दा पनि उनको ‘स्टारडम’मा कमी आएको छैन। यसको उदाहरणको रूपमा  अहिले हलमा चलिरहेको फिल्म ‘महापुरुष’लाई लिन सकिन्छ।

 

आफ्नो करिअर रेडियो नेपालदेखि सुरु गरेका उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग पहिलो सहकार्य गरेका थिए। २०३२ सालमा उनले राष्ट्रिय नाचघर पनि ज्वाइन गरेका थिए।

अभिनेता मदनकृष्ण श्रेष्ठसँग महजोडी नाममा उनको व्यावसायिक सहयात्रा उदाहरणीय मानिन्छ। श्रेष्ठसँग मिलेर हरिवंशले गाईजात्रा कार्यक्रम, सिरियल र फिल्ममा थुप्रै सहकार्य गरेका छन्।

हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन्। उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ।

लोकप्रिय अभिनेता हरिवंश आचार्यलाई जन्मदिनको धेरै धेरै शुभकामना।

कात्तिक २७, २०७९ आइतबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।