झापा- १: तेस्रो प्रयत्नमा सफल हुन खोज्दै विश्वप्रकाश, एकातिर खरेलको चुनौती अर्कोतिर सिटौलाबाट अन्तरघातको डर
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका चर्चित नेता हुन्- विश्वप्रकाश शर्मा। नेपाली कांग्रेसका महामन्त्री शर्माले झापा क्षेत्र नं १ मा लगातार दुई पटक हार व्यहोरिसकेका छन्।
उनी यसपटक तेस्रो पटक उम्मेदवार बनेका छन्। यसपालि उनका चुनावी प्रतिस्पर्धी हुन्- एमालेका अग्नि खरेल।
यो क्षेत्रबाट तीन जना स्वतन्त्रसहित जम्मा १५ जनाको उम्मेदवारी परेको छ। एमालेको बलियो पकड भएको यस क्षेत्रमा अब फेरि पनि हारेर शर्माले हारमा ’ह्याट्रिक’ गर्छन्, कि संसद् यात्रा तय गर्छन् भन्ने सर्वत्र चर्चाको विषय छ।
यसपटक पनि एमालेले 'टुरिष्ट' उम्मेदवार नै उभ्याएको छ विश्वप्रकाशको विरुद्धमा। खरेल ताप्लेजुङमा जन्मे। झापाको गौरादहमा हुर्के। र लामो समय काठमाडौं बसेर राजनीति गरे। उनको विर्तामोडमा घर त छ, तर त्यो क्षेत्र नम्बर २ मा पर्छ।
०७० मा एमालेका स्थानीय नेता रवीन कोइरालासँग हरेका विश्वप्रकाशलाई ०७४ मा वाम गठबन्धनका माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले हराएका थिए। ०७४ मा कार्कीले ३६ हजार १७३ मत ल्याएर जित निकाल्दा शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए। यसपटक चाहिँ शर्मालाई सत्ता गठबन्धनले सर्वसम्मतमा सिफारिस गरेपछि माओवादीका केन्द्रीय कमिटी सचिव समेत रहेका कार्कीले उम्मेदवारी दिएनन्।
चुनाव जित्नुअघि मात्रै यस क्षेत्रमा देखा परेका कार्कीले सोही ठाउँका शर्मालाई पराजित गरिदिए। यस क्षेत्रमा एमालेले प्रायः बाहिरकै नेतालाई प्राथमिकता दिने गरेको छ।
यसपटक पनि एमालेले 'टुरिष्ट' उम्मेदवार नै उभ्याएको छ विश्वप्रकाशको विरुद्धमा। खरेल ताप्लेजुङमा जन्मे। झापाको गौरादहमा हुर्के। र लामो समय काठमाडौं बसेर राजनीति गरे। उनको विर्तामोडमा घर त छ, तर त्यो क्षेत्र नम्बर २ मा पर्छ। राजनीतिक छवि र प्रभाव चाहिँ उनको पनि बलियो नै छ।
आफ्नो क्षेत्र र चर्चाको हिसावमा शर्मा यो भिडन्तमा अगाडि देखिएका छन्। यद्यपि, जनमत एमालेको पक्षमा छ। त्यसमाथि खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन्। यही कारण उनले सबैको साथ पनि पाइरहेका छन्।
शर्मालाई सिटौला, खरेललाई कोइरालाको डर
तर दुवै उम्मेदवारलाई आफ्नै पार्टीको अन्तरकलह भने चुनौतीको विषय रहेको छ। शर्मा र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको आन्तरिक द्वन्द्व यसपटक दुवैका लागि चुनौती बनेको छ। सिटौला झापा- ३ का उम्मेदवार हुन्।
त्यसैगरी खरेलसँग यो क्षेत्रमा बलियो प्रभाव भएका एमाले नेता रवीन कोइराला र उनका समर्थकहरू रुष्ट छन्। कोइरालाले आफूले टिकट नपाएर खरेलले पाएको भन्दै खरेललाई अस्वीकार गर्ने समेत बताएका थिए।
शर्मा 'मीठो बोल्ने' नेतामध्येमै पर्छन्। नेविसंघको केन्द्रीय सभापति समेत भइसकेका शर्माले यसपटक 'लोकल उम्मेदवार' हुनुको फाइदा उठाउन सक्छन्। त्यसमाथि गठबन्धनको साथ रहेकाले यसपटक उनको सम्भावना बलियो छ।
जे जस्तो मतपरिणाम आए पनि यसपटकको चुनावले झापा- १ बाट नयाँ अनुहारलाई संसद्मा पठाउने छ।
स्थानीय चुनावमा एमाले धेरै अगाडि
यस क्षेत्रमा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको चार वडा (४,५,६,७) र भद्रपुर नगरपालिकाको दुई वडा (९,१०) समावेश छन्। कुल २१ वटा वडा छन्।
स्थानीय चुनावको वडागत अवस्था हेर्ने हो भने २१ वडामध्ये १४ मा एमाले, ६ मा कांग्रेस र एउटा वडामा माओवादीको नेतृत्त्व रहेको छ। त्यस्तै मेचीनगर र भद्रपुर नगरपालिकामा एमालेको नेतृत्त्व छ भने बुद्धशान्ति गाउँपालिकामा कांग्रेसको नेतृत्त्व छ।
स्थानीय चुनावमा वडा अध्यक्षहरूले पाएको मत एमालेको २१ हजार ५९३, कांग्रेसको ११ हजार आठ र माओवादीको एक हजार ३८१ रहेको छ।
खरेल एमालेमा स्थापित अनुहार हुन्, तर यस क्षेत्रका लागि नयाँ हुन्। यो उनको जित र हार दुवैको कारण बन्नसक्छ।
यसको अर्थ हो- सत्ता गठबन्धनका बाबजुद पनि एमालेको जति मत कांग्रेसको देखिँदैन।
दुवै प्रतिस्पर्धीको बलियो राजनीतिक पृष्ठभूमि
तेस्रो पटकको उम्मेदवारीसम्म आइपुग्दा शर्मा नेपाली कांग्रेसका महामन्त्री बनिसकेका छन्। विद्यार्थी राजनीति हुँदै पार्टीको महामन्त्रीसम्म आइपुग्दा उनको लोकप्रियता पनि बढेको छ।
शर्मा 'मीठो बोल्ने' नेतामध्येमै पर्छन्। नेविसंघको केन्द्रीय सभापति समेत भइसकेका शर्माले यसपटक 'लोकल उम्मेदवार' हुनुको फाइदा उठाउन सक्छन्। त्यसमाथि गठबन्धनको साथ रहेकाले यसपटक उनको सम्भावना बलियो छ।
यता खरेल पहिलो पटक संसदीय निर्वाचनको प्रत्यक्ष प्रतिस्पर्धा गर्दैछन्। पहिलो संविधान सभामा राष्ट्रपतिबाट मनोनित भएका खरेल दोस्रोमा समानुपातिकबाट संविधान सभा प्रवेश गरेका थिए। उनीसँग संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेको अनुभव छ। खरेल एमालेमा स्थापित अनुहार हुन्, तर यस क्षेत्रका लागि नयाँ हुन्। यो उनको जित र हार दुवैको कारण बन्नसक्छ।
यहाँको बासिन्दाहरू धेरै जसो रोजगारीका लागि भारत पनि जाने गरेका छन्। कम आम्दानी हुने भए पनि विकल्प नहुँदा भारत छिर्नुपरेका तीमध्ये अधिकांश फर्किएर पनि आउँदैनन्।
ओलीसँग निकट भएका कारण दुई पटक संविधान सभामा पुगे खरेल। प्रधानमन्त्री हुँदा त कानूनमन्त्री र महान्यायाधिवक्ता नै बनाए।पार्टीको सङ्गठन अनि स्थानीय चुनावको मत खरेलको बलियो पक्ष हो।
रोजगारीको लागि स्थानीयहरू भारत पुग्छन्
नेपालको पूर्वी सिमाना पनि हो झापा- १। यहाँका स्थानीयहरू किनमेलको लागि सीमा पारि भारतीय बजार पुग्ने गर्छन्।
जसले गर्दा स्थानीयले सुरक्षाकर्मीबाट समस्या भोगिरहेका हुन्छन्।
यहाँको बासिन्दाहरू धेरै जसो रोजगारीका लागि भारत पनि जाने गरेका छन्। कम आम्दानी हुने भए पनि विकल्प नहुँदा भारत छिर्नुपरेका तीमध्ये अधिकांश फर्किएर पनि आउँदैनन्।
कात्तिक २७, २०७९ आइतबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।