कार्तिक आर्यनभन्दा ६० करोड बढि पारिश्रमिक मागेपछि ‘हेराफेरी ३’ बाट हटाइए अक्षय कुमार

कार्तिक आर्यनभन्दा ६० करोड बढि पारिश्रमिक मागेपछि ‘हेराफेरी ३’ बाट हटाइए अक्षय कुमार

एजेन्सी : केही दिनअघि बलिउड अभिनेता अक्षय कुमारले तीनवटा फिल्म ‘हेराफेरी ३ ’, ‘आवारा पागल दीवाना २’ र ‘वेलकम ३’ गर्न लागेको खबर आएको थियो।

अक्षय कुमार यी फिल्मका लागि निर्माता फिरोज नाडियाडवालासँग कुराकानी गरिरहेका थिए। तर, अब ‘हेराफेरी’ फ्रेन्चाइजीका दुवै फिल्ममा देखिएका दिग्गज अभिनेता परेश रावलले कार्तिक आर्यन फिल्म ‘हेराफेरी ३’ मा देखिने पुष्टि गरेका छन्।

त्यसयता अक्षय कुमार फिल्म ‘हेराफेरी ३’ मा नदेखिने अनुमान गर्न थालिएको छ। किन र कसरी कार्तिक आर्यनले अक्षय कुमारलाई फिल्म ‘हेराफेरी ३’ बाट रिप्लेस गरेका छन् भन्नेबारे आज हामी बताउँदैछौं।

‘बलिउड हंगामा’ को रिपोर्ट अनुसार, निर्माता फिरोज नाडियाडवाला पछिल्लो केही हप्तादेखि अक्षय कुमार र कार्तिक आर्यनसँग लगातार कुराकानीमा थिए। उनी फिल्म ‘हेराफेरी ३’ जति सक्दो चाँडो सुरु गर्न चाहन्थे।

‘भुल भुलैया २’ को सफलता पछि, कार्तिक आर्यन पनि अक्षय कुमारको फ्रेन्चाइजीका लागि चर्चामा आइरहेको नाम हो। त्यसैले फिरोज नाडियाडवाला यी दुईसँग ‘हेराफेरी ३’ को बारेमा चर्चा गरिरहेका थिए।

अक्षय कुमारले ९० करोड पारिश्रमिक मागे
अक्षय कुमारले फिल्म ‘हेराफेरी ३’ का लागि ९० करोड पारिश्रमिक मागेको रिपोर्टमा उल्लेख गरिएको छ। यससँगै उनले नाफामा पनि अंश मागका थिए। तर कार्तिक आर्यनले सोही फिल्म ३० करोडमा गर्न तयार भएका थिए।

निर्माता फिरोज नाडियाडवालाले फिल्म बनाउने लागत गणना गरेपछि अक्षय कुमारभन्दा कार्तिक आर्यनसँग काम गर्नु बढि फाइदा देखेका हुन्। दुवै स्टारको पारिश्रमिकमा ६० करोडको फरक छ।

तर, अक्षय कुमारको सट्टा कार्तिक आर्यनलाई लिँदा स्याटेलाइट र डिजिटल राइट्स बिक्री गर्दा १५ करोड रुपैयाँभन्दा कम पाउनेछन्। यसका बाबजुद फिरोद नाडियाडवाला ४५ करोड फाइदामै हुनेछन्।

नाफाघाटाको हिसाबपछि पुनः निर्माता फिरोज नाडियाडवाला फेरि अक्षय कुमारकहाँ गए र नाफा बाँडफाँडको व्यवस्थाबारे मनाउन खोजे। अक्षय कुमारले उनको प्रस्ताव अस्वीकार गरे। त्यसपछि उनले फिल्ममा कार्तिक आर्यनलाई लिएका हुन्।

कात्तिक २६, २०७९ शनिबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।