४३ वर्षमा आमा बनिन् बिपाशा बसु, शेयर गरिन् छोरीको तस्बिर

४३ वर्षमा आमा बनिन् बिपाशा बसु, शेयर गरिन् छोरीको तस्बिर

एजेन्सी : बलिउड अभिनेत्री बिपाशा बसु ४३ वर्षको उमेरमा आमा बनेकी छन्।

यसै वर्षको अगस्टमा मातृत्वको तस्बिर सेयर गर्दै बिपाशा र उनका श्रीमान् करण सिंह ग्रोवरले गर्भवती भएको जानकारी दिएका थिए।

बिपाशाले इन्स्टाग्राममा आमा बनेको पोस्ट शेयर गर्दै छोरीको नाम खुलाएकी छन्। आफ्नी छोरीको खुट्टाको तस्बिर राख्दै उनले छोरीको नाम देवी बासु सिंह ग्रोवर राखिन्।

उनले लेखेकी छन्, ‘हाम्रो माया र भगवानको आशिर्वादको भौतिक रूप सार्वजनिक गरेका छौं, उनी दिव्य छिन्।’

हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा बिपाशा बसुले आफू र करण कोविड–१९ महामारी अघि बच्चा जन्माउने योजनामा रहेको बताएकी थिइन्। तर, महामारीको प्रकोपका कारण केही पछि भने सारेको खुलासा गरेकी थिइन्।

‘हामीले २०२१ मा फेरि योजना बनायौं र भगवानले हाम्रो इच्छा पूरा गरिदिनुभयो,’ उनले आफ्नो गर्भावस्थाको बारेमा थाहा पाएको समयको स्मरण गर्दै भनिन्, ‘यो निकै भावुक दिन थियो। करण र म दौडेर मेरी आमाको घरमा पुगेका थियौं। त्यहा पनि सबैजना भावुक भए।’

२०१५ को फिल्म अलोनको सेटमा प्रेममा परेका करण र बिपाशा अप्रिल ३०, २०१६ मा विवाह गरेका थिए।

कात्तिक २६, २०७९ शनिबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।