खेरसनबाट रुसी सेना आउट, युक्रेनी सेनालाई स्थानीयले गरे स्वागत

खेरसनबाट रुसी सेना आउट, युक्रेनी सेनालाई स्थानीयले गरे स्वागत
तस्बिर: बीबीसी

एजेन्सी: रुसले युक्रेनको दक्षिणी शहर खेरसनबाट आफ्नो सेना फिर्ता लगेको छ। योसँगै त्यहाँ युक्रेनी सेनाको प्रवेश भएको छ।

युक्रेनी सेनालाई खेरसनका स्थानीयले स्वागत गरेको बीबीसीले जनाएको छ। सार्वजनिक भएको एक भिडियोमा खेरसनका स्थानीयले युक्रेनी राष्ट्रिय झण्डा फहराउँदै उल्लास मनाएको देखिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खेरसन आफूहरूको शहर भएको बताएका छन्। युक्रेनले अब आफ्नो सेनालाई पश्चिमी निप्रो नदीसम्म पुर्याएको छ।

र रुसको यो सेना फिर्तीलाई महत्त्वपूर्ण मानिएको छ। रुसका अनुसार ३० हजार सैनिक र पाँच हजार सैन्य सामग्री त्यहाँबाट फिर्ता लगिएको छ। यद्यपि रुसी राष्ट्रपतिका प्रवक्ताले भने यो कदम कुनै पराजयको नभएको बताएका छन्।

कात्तिक २६, २०७९ शनिबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।