१६ करोडमा बनेको कान्ताराले गर्‍यो तीन अर्बको व्यापार

१६ करोडमा बनेको कान्ताराले गर्‍यो तीन अर्बको व्यापार

एजेन्सी : १६ करोडको लगानीमा बनेको कन्नड फिल्म कान्ताराले तीन अर्बको व्यापार गरेको छ। ऋषभ सेट्टीको निर्देशनमा बनेको फिल्मले रिलिजको ३३ दिनमा ३०७.५६ करोड भारुको ग्रस कलेक्सन गरेको हो।

भारतमा मात्र फिल्मले सबै भाषामा गरेर २ सय ४२ करोड भारु नेट कमाइ गरेको यो फिल्मको व्यापार ३ अर्ब ५० करोडसम्म पुग्ने अनुमान गरिएको छ।

कान्तारा ३० सेप्टेम्बरमा प्रदर्शनमा आएको थियो। सुरुमा कन्नड भाषामा प्रदर्शनमा आएको फिल्म पछि तेलगु, तमिल र हिन्दी भाषामा प्रदर्शनमा आयो।

पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्वका लागि लड्ने गाउँलेहरूको कथामा बनेको फिल्मलाई दर्शकसँगै समीक्षकहरूले नि मन पराएका थिए। फिल्ममा हास्यव्यङ्ग्य, रोदन, एक्सन, थ्रिलर, प्रेम सबै पक्ष अटाएकाले दर्शकले मन पराए।

ग्लोबल मार्केटमा तीन सय करोड भारुभन्दा बढीको व्यापार गर्ने यो दोस्रो कन्नड फिल्म हो। पहिलो ‘केजीएफ २’ हो। केही दिनअघि ‘केजीएफ १’ को रेकर्ड कान्ताराले तोडिसकेको छ।

कात्तिक २४, २०७९ बिहीबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।