फाइनलमा पुग्न इङल्याण्डलाई एक सय ६९ रन बनाउने चुनौती

फाइनलमा पुग्न इङल्याण्डलाई एक सय ६९  रन बनाउने चुनौती

काठमाडौं : टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इङल्यान्डलाई १६९ रनको चुनौती दिएको छ। भारतले २० ओभरमा  ६ विकेट गुमाएर  १६८ रन बनाएको थियो।

टस जितेर फिल्डिङ रोजेको इङल्यान्डले प्रारम्भमा दबाब कायम गरे पनि विराट कोहली र हार्दिक पाण्डेयले भारतको स्कोर बढाए। दुवैले अर्ध शतक हानेका थिए।

बिराटले अर्धसतक हाने लगत्तै क्याच आउट भए भारतको चौथो विकेटको रूपमा। उनीपछि आएका ऋषभ पन्त पनि लामो समय मैदानमा टिकेनन्। पाण्डेय छैटौँ विकेटको रूपमा आउट भए।

फाइनलमा पाकिस्तान पुगिसकेको छ। आजको सेमिफाइनलको विजेताले ट्रफीका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

कात्तिक २४, २०७९ बिहीबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।