माल्दिभ्समा विदेशी कामदार बसेकाे घरमा आगलागी, नाै भारतीयसहित १० जनाकाे मृत्यु

माल्दिभ्समा विदेशी कामदार बसेकाे घरमा आगलागी, नाै भारतीयसहित १० जनाकाे मृत्यु

एजेन्सी : माल्दिभ्सको राजधानी मालेमा आप्रवासी कामदार रहेकाे भवनमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

विश्वको सबैभन्दा धेरै आवादी भएको शहरहरू मध्ये एक मालेमा बिहीबार भएको आगलागीमा कयौं घाइते भएका छन्।

आगलागीमा ध्वस्त भएको भवनको माथिल्लो तल्लामा १० शव फेला पारिएको अधिकारीहरूले जनाएका छन्। आगो भुइँ तल्लाको गाडी मर्मत ग्यारेजबाट सुरु भएको थियो।

दमकल सेवाका एक अधिकारीले भने, ‘हामीले १० जनाको शव फेला पारेका छौं।’

आगो निभाउन करिब चार घण्टा लागेको थियो। मृतकमध्ये ९ जना भारतीय र एक जना बंगलादेशी नागरिक रहेको सुरक्षा अधिकारीले बताए।

कात्तिक २४, २०७९ बिहीबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।