‘शिक्षक योग्यता परीक्षा’को प्रवेश पत्रमा सन्नी लियोनको अश्लिल तस्बिर, शिक्षामन्त्रीले दिए जवाफ

‘शिक्षक योग्यता परीक्षा’को प्रवेश पत्रमा सन्नी लियोनको अश्लिल तस्बिर, शिक्षामन्त्रीले दिए जवाफ

एजेन्सी : भारत कर्नाटकको ‘शिक्षक योग्यता परीक्षा’को अनौठो घटना बाहिरिएको छ।

परीक्षाका लागि गएकी एक परीक्षार्थीको प्रवेश पत्रमा अभिनेत्री सन्नी लियोनीको अश्लिल तस्बिर छापिएपछि प्रवेश पत्रको स्क्रिनसट सामाजिक सञ्जालमा क्षणभरमै भाइरल भएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राज्यको शिक्षा विभागले छानबिन गर्न निर्देशन दिएको छ।

कर्नाटक कांग्रेसका सोशल मिडिया अध्यक्ष बीआर नायडूले राज्यको शिक्षा विभागले परीक्षार्थीको सट्टा पूर्व पोर्नस्टारको तस्बिर छापेको आरोप लगाएका छन्।

‘शिक्षक प्रवेश पत्रमा परीक्षार्थीको फोटोको सट्टा शिक्षा विभागले पूर्व पोर्न स्टार अभिनेत्री सन्नी लियोनीको फोटो छाप्यो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘सभाभित्र अश्लिल चलचित्र हेर्ने पार्टीबाट के आशा गर्ने?’

नायडूले ट्वीटमा उम्मेदवारको प्रवेशपत्रको स्क्रिनसट पनि शेयर गरेका छन्।

कर्नाटकाका शिक्षा मन्त्री एवं भारतीय जनता पार्टीका नेता बीसी नागेशको कार्यालयले एक विज्ञप्ति जारी गरेर नायडूको आरोपको जवाफ दिएका छन्। जवाफमा नागेशले परीक्षार्थी आफैँले अनलाइन फाराम भर्ने र त्यसका लागि फोटो पनि आफैँले अपलोड गर्ने बताएका छन्।

‘परीक्षार्थीले फोटो अपलोड गर्नुपर्छ। प्रणालीले फाइलमा संलग्न गरेको जुनसुकै फोटो लिन्छ। हामीले प्रवेश पत्रमा सन्नी लियोनको फोटो राखेको बारे परीक्षार्थीलाई सोध्दा उनले श्रीमान्का साथीले विवरणहरू अपलोड गरेको बताइन्।’

कर्नाटक शिक्षा विभागले अनुसन्धानपछि एफआइआर दर्ता गर्ने जनाएको छ। परीक्षा नोभेम्बर ६ तारिखमा भएको थियो।

कात्तिक २४, २०७९ बिहीबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।