केन्द्रीय कारागारमा रहेका सन्दीपले कसरी ट्विट गरे !

केन्द्रीय कारागारमा रहेका सन्दीपले कसरी ट्विट गरे !

काठमाडौं : नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको भेरिफाइड अकाउन्टबाट बिहीबार ट्विट भएसँगै जेलमा नि ट्विटर चलाउने पाउने भनेर चर्चा सुरु भयो।

ट्विट ट्विटर एनिभर्सरीबारे थियो। अधिकांश कमेन्टमा जेलमा भएकाले कसरी ट्विटर चलाए भनेर आश्चर्य व्यक्त गरे। कतिपयले सन्दीपलाई मिस गरेको लेखे। कतिले अब जेल एनिभर्सरी मनाउनु लेखेका छन्।

उनको नामको भेरिफाइड अकाउन्ट उनले जेलभित्रबाटै चलाएकी अन्य कसैले ट्विट गरिदियो?

जेलमा मोबाइल अनि इन्टरनेट चलाउन पाइँदैन। समय मिलाएर आफन्तलाई कल भने गर्न पाइन्छ त्यो पनि ल्याण्डलाईनबाट। त्यसैले उनी आफैले ट्विट गर्न सम्भव देखिन्न।

अरू कसैले उनको ह्यान्डल चलाएको पनि हैन। ट्विटरमा प्रवेश गरेको वर्ष गणनासहितको ट्विट ट्विटएजले आफैँ गरिदिएको हो।

कात्तिक २४, २०७९ बिहीबार ११:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।