२३ वर्षीया युवतीले गरिन् आफ्नै सौतेनी दाजुसँग विवाह, आमाको पूर्ण समर्थन

२३ वर्षीया युवतीले गरिन् आफ्नै सौतेनी दाजुसँग विवाह, आमाको पूर्ण समर्थन

एजेन्सी : २३ वर्षकी युवतीले २७ वर्षीय सौतेनी दाइसँग परिवारको सहमतिमा विवाह गरेकी छन्।

दुवैले एक अर्कालाई भाइबहिनीको सम्बन्ध हुनुअगाडि चिनेका थिए। सन् २०१९ मा युवतीकी आमाले युवकको बुवासँग विवाह गरेपछि मात्र उनीहरू दाजुबहिनी भएका थिए।

युवतीकी आमाको पचासौं जन्मदिनको पार्टीमा उनीहरूबीच भेट भएको थियो। त्यसपछि उनीहरू प्रेममा परेर विवाहको निर्णय गरेका थिए। उनीहरूको यो निर्णयमा अभिभावकको पनि साथ छ।

याहून्यूजसँगको कुराकानीले आफूहरूबीच डेटिङ भएपछि मात्रै विवाह गर्ने निर्णयमा पुगेको युवतीले बताएकी छन्। आफूहरू दुवै जनाले लामो समयदेखि फरक–फरक व्यक्तिसँग सम्बन्धमा रहे पनि कोहीसँग पनि विवाह गर्ने फिल नआएको बताइन्।

तर, अहिले भने एकअर्कालाई भेटेपछि भने विवाहको कुरा गरेको उनले स्पष्ट पारिन्। युवतीले आफू भविष्यमा आइपर्ने कानूनी समस्याको लागि पनि तयार भएको बताएकी छन्।

कात्तिक २३, २०७९ बुधबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।