माइतीघर आइपुग्यो सामाचखेवा

माइतीघर आइपुग्यो सामाचखेवा

काठमाडौँ : दाजुभाइ तथा दिदीबहिनीबिच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु हुने पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर समापन हुन्छ।

पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, वृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति बनाइन्छ। थारु समुदायले मनाउने यो पर्व मङ्गलवार माइतीघरमा समेत मनाइयो।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ।

कात्तिक २२, २०७९ मंगलबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।