स्वयम्भू स्तुपा प्रिन्ट भएको कपडा लगाउँदा विवादमा अभिनेत्री उपासना
काठमाडौं : एक गीतको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा आएकी छिन्। उनले अभिनय गरेको फिल्म 'डिसेम्बर फल्स' को 'चार घण्टा कुराएर' बोलको गीतमा उनले लगाएको पहिरनमा बौद्ध गुम्बा अनि स्वयम्भू मन्दिरको चित्र रहेकाले आस्थामाथि प्रहार भएको भन्दै विरोध भएको हो।
पुस १५ को रिलिज डेट लिएको फिल्मको गीत भने सार्वजनिक भइसकेको छैन। उनले फिल्मको गीतको क्लिप पनि राखेकी छैनन्। उनले गीत छायाङ्कनको भिडियो क्लिपमा तृणा गुरुङ र भारतीय गायक भिक्टरको गीतमा भिडियो हालेकी हुन्।
तृणाको गीतमा राखिएको क्लिपमा लगाएको कपडामा स्वयम्भू प्रिन्ट गरिएको प्रस्टै देखिएको छ। सो क्लिप २ लाख एक हजारले हेरेका छन् भने दोस्रो क्लिप ४ लाख २६ हजारले हेरेका छन्।
टिकटकमा राखेको क्लिपमा लगाएको कपडामा तल्लो भागको कपडामा स्वयम्भूको चित्र कोरिएको छ। खुट्टाको भागमा गुम्बा पारेको भन्दै केही टिकटक प्रयोगकर्ताहरूले उनको विरोध गरिरहेका छन्। केहीले मेरो क्रस भन्दै उनको प्रशंसा गरेका छन्।
फिल्म तयार भइसकेपछि निर्माण टिमले हालै नयाँ गीत छायाङ्कन गरेका हुन्। अभिनेता आर्यन सिग्देल समेत रहेको फिल्मको सो क्लिप भिडियो छायाँकनकोक्रममा खिचिएको हो।
@upasana_singh_thakurii 🎬🤍
♬ Gainey Dajai - Trishna Gurung
कात्तिक २२, २०७९ मंगलबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।