ऋतिक रोशनकी बहिनीसँग डेट गर्दैछन् कार्तिक आर्यन, दिपावलीमा पनि सँगै

ऋतिक रोशनकी बहिनीसँग डेट गर्दैछन् कार्तिक आर्यन, दिपावलीमा पनि सँगै

एजेन्सी : बलिउड नायक कार्तिक आर्यन अक्सर आफ्नो व्यक्तिगत र पेशागत जीवनका कारण चर्चामा रहँदै आएका छन्। पछिल्लो समय उनी फेरि प्रेमका कारण चर्चामा छन्।

भारतीय मिडियाको दाबीअनुसार उनी अहिले ऋतिक रोशनकी बहिनी पश्मीना रोशनसँग डेट गरिरहेका छन्। उनीहरू लामो समयदेखि एकअर्काको प्रेममा रहेका छन्। काम नभएको समयमा कार्तिक र पश्मीना एकअर्काको घरमा जाने गरेको र लामो समय बिताउने गरेको पिंकभिल्लाले स्रोतलाई दाबी गर्दै लेखेको छ।

कार्तिकनिकट स्रोतले खुलासा गर्यो, ‘दिपावालीको दिन कार्तिकको जुहूस्थित आफ्नो नयाँ घरमा पश्मीनासँग थिइन्। राति ढिलासम्म समय बिताउनका लागि जियो वर्ल्ड उनीहरूको मनपर्ने स्थान हो। दुवैले पछिल्लो समय भेटघाट बाक्लिएको छ भने एक अर्कासँग लामो समय बितारहेका छन्।’

स्रोतले अगाडि भन्यो, ‘जब कार्तिकको फुर्सद हुन्छ, तब उनी पश्मीनाको साथमा घरमा चिल गर्न रमाइलो मान्छन्। पापराजीबाट बच्नका लागि उनीहरूले आ–आफ्नो गाडि घर पठाइदिन्छन्।’

निर्देशक राजेश रोशन र नायक ऋतिक रोशनको बहिनी पश्नीमा छिट्टै बलिउडमा डेब्यू गर्दैछन्। उनी छिट्टै ‘इश्क विश्क’को सिक्वेल ‘इश्क विश्क रिबाउंड’मा देखिने तयारीमा छिन्। सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने उनी कार्तिकको फलोअर्समध्ये एक हुन्।

यसअघि, कार्तिक आयन ‘लव आज कल’की नायिका सारा अली खानसँग डेट गरिरहेका थिए। केही वर्षअघिको ‘कफि विद करण’ शो मा साराले आफ्नो पिता सैफ अली खानको अगाडि नै कार्तिक आर्यन आफ्नो क्रस भएको बताएकी थिइन्। साथै उनले कार्तिकसँग डेट गर्ने इच्छासमेत बताएकी थिइन्।

यस्तैमा उनीहरूले जब ‘लब आज कल २’मा काम गरे, तब उनीहरूको प्रेमको खबरले रफ्तार लिएको थियो। यद्यपि फिल्म रिलिजपछि दुवैले प्रेमको खबरलाई झुटो बताएका थिए।

कात्तिक २२, २०७९ मंगलबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।