बलिउड डेब्यू गर्दै अरबाज–मलाइकाका छोरा अरहान, पितासँग गर्दैछन् पहिलो फिल्म

बलिउड डेब्यू गर्दै अरबाज–मलाइकाका छोरा अरहान, पितासँग गर्दैछन् पहिलो फिल्म

एजेन्सी : अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा प्रवेश गर्दैछन्। चर्चा र मिडियाबाट सधैँ टाढा रहेका उनी बलिउड प्रवेशसँगै चर्चा बाक्लिएको छ।

बलिउडका अन्य स्टारकिड सुहाना खान, खुसी कपूर र शनाया कपूरपछि अब अरहानको नाम पनि बलिउड डेब्यू गर्ने स्टारकिड्सको सूचीमा छ।

अरहान अरबाज र उनकी पूर्वपत्नी मलाइकाको एकमात्र छोरा हुन्। उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने २०१७ मा सम्बन्धविच्छेद। अरहानको जन्म २००२ नोभेम्बर ९ मा भएको थियो। अहिले उनी अमेरिकामा फिल्ममेकिङ पढिरहेका छन्।

करण जोहरको फिल्म ‘रकी ओर रानीको प्रेम कहानी’ मा सहायक निर्देशकको काम गरेका थिए। यो फिल्ममा अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानले पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए। अब भने अरहान फिल्म ‘पटना शुक्ला’मा आफ्नै पिता अरबाजसँग काम गर्दैछन्।

अरबाजका अनुसार छोरा अरहान फिल्म ‘पटना शुक्ला’को सुटिङको हिस्सा बन्नेछन्। डिसेम्बर २०२२ मा अरहानले फिल्मको सेटमा देखिनेछन्।

फिल्म मेकिङको प्र्याक्टिकलको लागि पनि उनले यो फिल्ममा काम गर्न लागेको अरबाजले बताएका छन्। उनी फिल्म गर्नका लागि एकदमै उत्साहित रहेको अरबाजको भनाइ छ।

कात्तिक २२, २०७९ मंगलबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।