बाटो नहुँदा सुरु भएन मेलम्ची खानेपानीको काम

बाटो नहुँदा सुरु भएन मेलम्ची खानेपानीको काम

काठमाडौं: मेलम्चीको खानेपानी पुनः काठमाडौं उपत्यका ल्याउनेबारे अन्योल कायमै छ।

बाटो अवरुद्ध हुँदा अहिलेसम्म खानेपानीको मुहानसम्म पुग्न नसकिएको हो।

 

‘प्रि–मनसुन’ सिजन सक्रिय भएपछि गत जेठ १७ गते समितिले अम्बाथानस्थित मेलम्ची खानेपानीको मुल ढोका बन्द गरेको थियो।

समितिले बन्द गरिएको सुरुङको ढोका दसैँंतिहार पछि खोल्ने बताएको थियो । तर, नियमित वर्षा रोकिँदा पनि मुहानसम्म समिति पुग्न सकेको छैन।

२२ वर्षको प्रतीक्षापछि गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो। तीन महिनापछि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याउँदा पानी वितरण पुनः रोकिएको हो।

कात्तिक २१, २०७९ सोमबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।